४ जेष्ठ २०८१, शुक्रबार

गण्डकी प्रदेशमा आज बिहानै २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५६ पुग्यो


कोरोना भाइरस (कोभिड-१९)

२३ जेठ, काठमाडौँ । गण्डकी प्रदेशको तनहुँ जिल्लामा आज बिहानै थप २ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराकी निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:४० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका ३९ र ४० वर्षीय पुरुषहरु २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरुलाई अहिले तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !