९ जेष्ठ २०८१, बुधबार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुग्यो


मृत्यु-निधन

काठमाडौँ, जेठ २१ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनी जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगल भर्नामा भएका उनलाई हेमोराइजिक स्ट्रोक भएकोले अपरेसन गरिएको थियो । जेठ १५ गते स्वाबको परीक्षणपछि उनमा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगेर आईसीयूमा उपचाररत थिए र आज बुधबार निधन भएको हो ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २०१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको छ । नेपालमा अहिलेसम्म २३०० कोरोना संक्रमितहरुमध्ये २१३० जना पुरुषहरु र १७० जना महिलाहरु रहेका छन् । नेपालमा ६४ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २७८ पुगेको छ । नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना र दोलखाका १ जना गरी ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा २७८ जनाले जिते कोरोना, थप १२ जना घर फर्किए

नेपालमा संक्रमितको संख्या २३०० पुग्यो, आज थपिए कोरोनाका नयाँ २०१ संक्रमित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !