८ बैशाख २०८१, शनिबार

नेपालमा संक्रमितको संख्या २३०० पुग्यो, आज थपिए कोरोनाका नयाँ २०१ संक्रमित


डा. विकास देवकोटा

काठमाडौँ, जेठ २१ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २०१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

आज २०१ कोरोना संक्रमितहरुमध्ये १७९ जना पुरुषहरु र २२ जना महिलाहरु रहेका छन् । मन्त्रालयका अनुसार आज नयाँ संक्रमित हुनेहरुमा धनकुटा र सप्तरीका १/१ जना, ताप्लेजुङका ३ जना, पाँचथरका १ जना, पर्साका ७ जना, दैलेखका १ जना, सल्यानका ३ जना, मोरंङ र झापाका २/२ जना, तेह्रथुमका १ जना र सुनसरीका ८ जना रहेका छन् ।

साथै कैलालीका ३ जना, डोटीका २ जना, कपिलवस्तुका ६९ जना, पाल्पाका २ जना, रुपन्देहीका २६ जना, महोत्तरीका ९ जना, दैलेखका ६ जना, कालिकोटका ७ जना, दाङका ८ जना, प्युठानका २ जना, धनुषाका १ जना, काठमाडौँ मेडिकल कलेज र टोखामा गरी ३ जना, नवलपरासीका ८ जना, रौटहटका ११ जना, रुपन्देहीका १ जना, सर्लाहीका १५ जना, सिन्धुपाल्चोकका १ जनामा पनि कोरोना संक्रमण देखिएको हो ।

नेपालमा अहिलेसम्म २३०० कोरोना संक्रमितहरुमध्ये २१३० जना पुरुषहरु र १७० जना महिलाहरु रहेका छन् । आज तेह्रथुम, ताप्लेजुङ र पाँचथर जिल्लामा पनि नयाँ कोरोना संक्रमित देखिएसंगै नेपालमा ६४ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २७८ पुगेको छ । नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना र दोलखाका १ जना गरी ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

नेपालमा २७८ जनाले जिते कोरोना, थप १२ जना घर फर्किए

नेपालमा संक्रमितको संख्या २०९९ पुग्यो, आज थपिए कोरोनाका नयाँ २८८ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !