१४ बैशाख २०८१, शुक्रबार

नेपालमा २७८ जनाले जिते कोरोना, थप १२ जना घर फर्किए


कोरोना संक्रमण मुक्त

२१ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २७८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका अनुसार कपिलवस्तुकी ६ वर्षीया बालिका त्रिवि शिक्षण अस्पतालबाट १९ औँ दिनमा निको भएर घर फर्किएकी छिन् । जनकपुर अस्पतालबाट ५ जना डिस्चार्ज भएका छन् । २० वर्षीया महिलासहित १९ देखि ४० वर्षीय ३ जना पुरुषहरु ११ देखि १६ औँ दिनमा डिस्चार्ज भएका हुन् । उनीहरु धनुषा, महोत्तरी र सर्लाहीका हुन् । टेकु अस्पतालबाट काठमाडौंका ६९ वर्षीय १ जना पुरुष डिस्चार्ज भएका छन् । उनी ९ दिनमा डिस्चार्ज भएका हुन् ।

साथै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट रौतहट ३४ वर्षीय पुरुष डिस्चार्ज भएका छन्। उनी १५औँ दिनमा डिस्चार्ज भएका हुन् । बुटबलबाट ४ जना डिस्चार्ज भएका छन् । उनीहरु अर्घाखाँची र कपिलवस्तुका पुरुषहरु हुन् । १८ देखि १४ वर्षका पुरुषहरु १० देखि २५ औँ दिनको अवधिमा संक्रमतलाई जितेर घर फर्किएका हुन्।

यसरी हालसम्म प्रदेश १ मा ४८ जना, प्रदेश २ मा १०९ जना, बागमती प्रदेशमा ३१ जना र गण्डकी प्रदेशमा ३ जनाले कोरोना संक्रमण जितेका छन् । साथै प्रदेश ५ मा ८० जना र सुदुरपश्चिम प्रदेशमा ७ जनाले कोरोना संक्रमण जितेका छन् । हालसम्म २२२ पुरुष र ५६ महिला गरी २७८ जनाले कोरोना संक्रमण जितेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताएका छन् ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २०१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको छ । नेपालमा अहिलेसम्म २३०० कोरोना संक्रमितहरुमध्ये २१३० जना पुरुषहरु र १७० जना महिलाहरु रहेका छन् । नेपालमा ६४ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २७८ पुगेको छ । नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना र दोलखाका १ जना गरी ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

नेपालमा संक्रमितको संख्या २३०० पुग्यो, आज थपिए कोरोनाका नयाँ २०१ संक्रमित

नेपालमा २६६ जनाले जिते कोरोना, थप ४५ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !