२४ बैशाख २०८१, सोमबार

नेपालमा २६६ जनाले जिते कोरोना, थप ४५ जना घर फर्किए


नेपालमा २६६ जनाले जिते कोरोना, थप ४५ जना घर फर्किए

२० जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४५ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २६६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीको भीम अस्पतालबाट २५ जना र सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना, त्रिवि शिक्षण अस्पतालबाट १ जना र गुल्मी अस्पतालबाट १ जना डिस्चार्ज भई निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार रुपन्देहीको भीम अस्पतालबाट डिस्चार्ज हुनेमा रुपन्देहीका १६ जना र कपिलवस्तुका ९ जना रहेका छन् । उनीहरु ११ देखि २१ औं दिनमा डिस्चार्ज भएका हुन् । साथै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डिस्चार्ज हुनेमा १७ जना झापाका र १ जना सुनसरीका रहेका छन् । उनीहरु १२ देखि १४ औं दिनमा डिस्चार्ज भएका हुन् । त्रिवि शिक्षण अस्पतालबाट १ जना बालिका र गुल्मी अस्पतालबाट १ जना युवक पनि डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिएका छन् ।

नेपालमा अहिलेसम्म डिस्चार्ज भएका २६६ जनामध्ये २१२ जना पुरुषहरु र ५४ जना महिलाहरु रहेका छन् । साथै प्रदेश १ बाट ४८ जना, प्रदेश २ बाट १०४ जना, बागमती प्रदेशबाट ३० जना, गण्डकी प्रदेशबाट ३ जना, प्रदेश ५ बाट ७४ र सुदूरपश्चिम प्रदेशबाट ७ जना निको भई घर फर्किएका छन् ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २८८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ । नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना र बाजुराका १ जना गरी ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ । नेपालमा ६१ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २०९९ पुग्यो, आज थपिए कोरोनाका नयाँ २८८ संक्रमित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

नेपालमा २२१ जनाले जिते कोरोना, थप १ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !