१३ बैशाख २०८१, बिहिबार

नेपालमा २२१ जनाले जिते कोरोना, थप १ जना घर फर्किए


१९ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २२१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ जना डिस्चार्ज भएकी हुन् । डडेलधुरा अस्पतालवाट डडेलधुराका २८ वर्षीय पुरुष १ जना डिस्चार्ज भएसंगै संक्रमितमध्ये हालसम्म २२१ जना निको भएर घर फर्किइसकेका छन् । उनी १० दिनमा डिस्चार्ज भएको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । तीमध्ये १७३ जना पुरुष र ४८ जना महिला रहेका छन् ।

मन्त्रालयका अनुसार नेपालमा आज दिउसो कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २२६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७९३ पुगेको छ  । नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना र बाजुराका १ जना गरी ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १७९३ पुग्यो, आज थपिए कोरोनाका नयाँ २२६ संक्रमित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

नेपालमा २२० जनाले जिते कोरोना, थप १ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !