७ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो


मृत्यु-निधन

बाजुरा, जेठ १८ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

हिजो दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । ३ दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।

दुल्लु नगरपालिका-११ का ३५ वर्षीय उनको दुल्लु नगरपालिका-७ मा रहेको क्वारेन्टिनमा मृत्यु भएको हो । हिजो शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको थियो। भारतबाट फर्किएका उनी क्वारेन्टिनमा बसेको १० दिन भएको थियो ।

आज बाजुरा जिल्लाको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा मृत्यु भएकी २ वर्षीया बालिकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।  साथै उनको पिसिआर परीक्षणको लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाइएकोमा नतिजा पोजेटिभ देखिएको हो ।

बुढिगंगा नगरपालिका-१ का २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो । बुढिगंगा नगरपालिका-१ धुरालसैनमा माविको क्वारेन्टाइनमा रहेका बालिकाको स्वास्थ्यमा समस्या आएपछि जेठ १५ गते साँझ सदरमुकाम मार्तडीको आइसोलेसनमा राखिएको थियो । बालिकामा पखाला, ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएको थियो । ८ दिनअघि उनी आमा बुवासँग भारतबाट आएकी थिइन् ।

मन्त्रालयका अनुसार नेपालमा आज दिउसो कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १६६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ  । यसरी हिजो दैलेखका ३५ वर्षीय पुरुष १ जना र आज बाजुराकी २ वर्षीया बालिकाको मृत्यु भएसंगे नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ८ पुगेको हो । यसअघि यसअघि नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना र अर्घाखाँचीका १ जना गरी जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १५६७ पुग्यो, आज थपिए कोरोनाका नयाँ १६६ संक्रमित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

बाजुरामा मृत्यु भएकी २ वर्षीया बालिकामा देखियो कोरोना संक्रमण

दैलेखमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ पुष्टि, कोरोनावाट मृत्यु हुनेको संख्या ७ पुग्यो

कोरोना भाइरसवाट नेपालमा छैटौ व्यक्तिको मृत्यु पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !