१५ बैशाख २०८१, शनिबार

रौतहटमा एकैदिन आज ७४ जनामा देखियो कोरोना संक्रमण


कोरोना भाइरस

रौतहट,  जेठ २० । रौतहटमा आज एकैदिन ७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ३१० पुगेको छ । आज संक्रमण पुष्टि भएका सबै भारतमा रोजगारी गर्न गई नेपालको रौतहट भर्खरै फर्किएका नेपालीहरु रहेका छन् ।

आज संक्रमित हुनेहरुमा राजपुर नगरपालिकाका २१ जना, दुर्गा भगवती गाउँपाललिकाका १४ जना, राजदेवी नगपालिकाका १८ जना, परोहा नगरपलिकाका ४ जना, गौर नगरपालिकाका १३ जना, गढीमाइ नगरपालिकाका १ जना तथा यमुनामाइ गाउँपालिकाका ३ जना रहेकाे जिल्ला जनस्वास्थ्य कार्यालय, राैतहटले जानकारी दिएको छ ।

आज संक्रमित हुनेहरु सबैलाई सम्वन्धित स्थानीय पालिकाहरुका क्वारेन्टाइमा बसीरहेका छन् । संक्रमित पुष्टि भएका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको तथा संक्रमितहरुलाई गरुडा नगरपालिका स्थित प्रहरी स्कुलमा निमार्णाधिन आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !