१४ बैशाख २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या ५०७ पुग्यो, आज दिउसो थपिए कोरोनाका नयाँ २० संक्रमित


डा. विकास देवकोटा

९ जेठ, काठमाडौं । नेपालमा आज दिउसो कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् ।

प्रवक्ता डा. देवकोटाका अनुसार सेती प्रादेशिक अस्पताल, भेरी अस्पतालको प्रयोगशाला गरिएको परीक्षणमा र मोरङको रतुवामाई-२ मा गरी आज फेरि नयाँ २० जनामा कोरोना पुष्टि भएको हो । जस अनुसार कैलाली जिल्लाका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, बाँकेका १४ जना र मोरङका १ जनामा कोरोना संक्रमण देखिएको हो । डडेलधुरा र बैतडीमा पहिलोपटक संक्रमण देखिएको हो ।

आज दिउसो थपिएकाहरुमध्ये डडेलधुराको पराशुराम-१० का २८ वर्षीय पुरुष १ जना र वैतडीको शिवनाथ-१ का २२ वर्षीय पुरुष १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै कैलालीमा ३ जनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय पुरुषहरुमा संक्रमण पुष्ट भएको हो ।

यस्तै बाँकेमा १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरुमध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् । यस्तै मोरङको रतुवामाई- २ का ४१ वर्षीय १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ४८७ थियो भने आज दिउसो फेरि २० जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ । जसमध्ये ४३३ जना पुरुषहरु र ७४ जना महिलाहरु रहेका छन् । नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ७० पुगेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना र गुल्मीको १ जना गरी ३ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४८७ पुग्यो, आज बिहान थपिए कोरोनाका नयाँ ३० संक्रमित

नेपालमा ७० जनाले जिते कोरोना, आज एकै पटक २१ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !