१३ बैशाख २०८१, बिहिबार

नेपालमा संक्रमितको संख्या ४८७ पुग्यो, आज बिहान थपिए कोरोनाका नयाँ ३० संक्रमित


कोरोना भाइरस (कोभिड-१९)

९ जेठ, काठमाडौं । नेपालमा आज बिहान कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सह-प्रवक्ता डा. अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नयाँ ३० जनामा कोरोना पुष्टि भएको हो । जस अनुसार नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाही जिल्लामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सर्लाहीमा मात्र १५ जना कोरोना संक्रमितहरु भेटिएका छन् ।

आज बिहान थपिएकाहरुमध्ये नवलपरासी विनय त्रिवेणी गाउँपालिका-६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् । त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका-३, १८ निवासी ३३, ३५ वर्षीय पुरुषहरु, १५ वर्षीया किशोरी छन् ।

साथै कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरु तथा ८ वर्षीय बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका-७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरु र १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ४५७ थियो भने आज राती फेरि ३ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ४९ पुगेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना र गुल्मीको १ जना गरी ३ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४५७ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ ३ संक्रमित

नेपालमा ४९ जनाले जिते कोरोना, आज ४ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !