५ असार २०८१, बुधबार

दाङमा थप १ जनामा कोरोना सक्रमण पुष्टि


कोरोना भाइरस

दाङ, जेठ ८ । आज दाङमा थप १ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । राप्ती सवास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पीसीआर परीक्षणमा घोराही उपमहानगरपालिकाले सचालन गरेको कुइरेपानी क्यारेन्टाइनमा बसेका १ जनामा कोरोना पुष्टि भएको हो ।

घोराही उपमहानगरपालिका-३ का ३७ वर्षीया पुरुषको कोरोना रिपोर्ट पोजेटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ । उनी जेठ ५ गते भारतबाट नेपाल आएका थिए । उनीसहित आएका ५ जनामा १ जनालाई कोरोना पोजेटिभ देखिएको हो । योसहित दाङमा अहिलेसम्म ३ जनाका कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४५३ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ ९ संक्रमित

नेपालमा ४९ जनाले जिते कोरोना, आज ४ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !