२१ बैशाख २०८१, शुक्रबार

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ पुष्टि


धुलिखेल अस्पताल

जेठ ३, काठमाडौँ । धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ । मन्त्रालयले धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ पुष्टि भएको औपचारिक रुपमा पुष्टि गरेको छ । नेपालमै पहिलो पटक कोरोना संक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुन: गरिएको कोरोना परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमणको आशंका गरिएकी उनको बिहीबार जेठ १ गते राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएको थियो । मृत्युपछि धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको बताइएको थियो । तर थप परीक्षणको लागि काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

नेपालमै पहिलो पटक कोरोना संक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ । यस अघि कोरोना संक्रमित हुनेहरुमध्ये केही उपचारपछि निको भएर अस्पतालवाट डिस्चार्ज भई घर फर्केका छन् भने बाँकी संक्रमितहरुको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

कोरोना संक्रमणको आशंका गरिएकी ती महिलाको धुलिखेल अस्पताल मृत्यु भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट श्वास-प्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो ।

आरटी पिसिआरमा समेत पोजिटिभ देखिएपछि बिहीबारदेखि नै अस्पतालले थप स्वास्थ्य सुरक्षा सावधानी अपनाइरहेको छ । यतिखेर मृतकको उपचारमा संलग्न चिकित्सक, नर्स, पारामेडिक लगायत गार्डलाई समेत क्वारेन्टिनमा राखिएको छ ।

मृतक सिन्धुपाल्चोक, बाह्रबिसे-९ की २९ वर्षिया महिला रहेकी र त्रिवि शिक्षण अस्पतालमा वैशाख २७ गते सुत्केरी भई डिस्चार्ज भएर घर फर्केकी थिइन् । सुत्केरी भएको सातौं दिनमा श्वास-प्रश्वासमा समस्या आएपछि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे लगिएको थियो । केन्द्रमा आइसियु नभएकोले रिफर गरिएको थियो । काठमाडौंमै लैजाने क्रममा वीच बाटोमा गाह्रो हुन थालेपछि एम्बुलेन्स धुलिखेलमा आएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोरोना प्रेस विज्ञप्ति

 

यो पनि पढ्नुहोस्

कोरोना संक्रमण मिल्दो लक्षण देखिएका विरामीको मृत्यु, धुलिखेल अस्पताल सिल गरियो

नेपालमा ३६ जनाले जिते कोरोना, कोशी अस्पतालमा उपचाररत १ जना आज घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !