२३ बैशाख २०८१, आइतबार

नेपालमा ३५ जनाले जिते कोरोना, आज २ जना घर फर्किए


भरतपुर अस्पतालवाट कोरोना संक्रमित ६३ वर्षीया महिला डिस्चार्ज

काठमाडौँ, ३१ बैशाख । नेपालमा आज बुधवार थप २ जना कोरोना भाइरस (कोभिड-१९) को उपचारपछि निको भएर डिस्चार्ज भई घर फर्किएसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३५ पुगेको छ । घर फर्किनेमा बुटवलमा उपचाररत पुरुष तथा चितवनमा उपचाररत महिला रहेकी छिन् ।

स्वास्थ्य मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए अनुसार बुटवलका २४ वर्षीय पुरुष कोरोना संक्रमण भई अस्पताल भर्ना भएको ११ औँ दिनमा उपचारपछि निको भएर घर फर्किएका हुन् र चितवनकी उपचाररत ६३ वर्षीया महिला कोरोना उपचारपछि २६ औँ दिन घर फर्किएकी हुन् ।

उनी दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी आमा र १ छोरालाई कोरोना भाइरस सङ्क्रमण देखिएको थियो भने अर्का १ छोरामा नेगेटिभ देखिएको थियो । वैशाख १३ गते २७ वर्षीय छोरा सङ्क्रमणमुक्त भएपनि आमालाई निको हुन समय लागेको थियो । आमासँगै घर जाने बताएपछि सङ्क्रमण निको भएका छोरा पनि अस्पतालकै क्वारेन्टाइनमा बसेका थिए ।

यसअघि कोरोना भाइरसको उपचारपछि निको भएर डिस्चार्ज भई घर फर्किएको संख्या संख्या ३३ जना पुगेको थियो । आज २ जना कोरोना संक्रमित अस्पतालवाट डिस्चार्ज भएर नेपालमा हालसम्म ३५ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज फेरि थपिए २ जना नयाँ कोरोना भाइरसका संक्रमित भेटिएसंगै नेपालमा संक्रमितको संख्या २१९ पुगको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २१९ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ १ संक्रमित

नेपालमा कोरोना जित्नेको संख्या ३३ पुग्यो, आज विराटनगरमा फेरि २ जना भए डिस्चार्ज


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !