४ जेष्ठ २०८१, शुक्रबार

नेपालमै पहिलो पटक कपिलवस्तुमा नर्समा देखियो कोरोना संक्रमण


नर्स

३० वैशाख, कपिलवस्तु । नेपालमै पहिलो पटक १ जना नर्समा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोना भाइरस पोजेटिभ रहेको पुष्टि भएको हो ।

प्रदेश नम्बर ५ को प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले ती नर्समा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । केही अघि त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा कार्यरत दुई नर्समा कोरोना परीक्षण गर्दा आरडीटी पोजेटिभ आएको थियो तर पीसीआर परीक्षणमा नेगेटिभ आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !