४ जेष्ठ २०८१, शुक्रबार

अमेरिकामा कोरोनावाट मृत्यु हुनेको संख्या नाघ्यो ३४ हजार


अमेरिकामा कोरोनावाट मृत्यु

एजेन्सी, बैशाख ५ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट वल्डोमिटर्स डट इन्फोको (आज बिहान ६.३० को तथ्यांक) अनुसार अमेरिकामा ३४ हजार ६ सय १७ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या १६ हजार १ सय ६ जनाको मृत्यु भई सकेको छ ।

विश्वमा अमेरिका कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ७७ हजार ५ सय ७० पुगेको छ भने ५७ हजार ५ सय ८ जना निको भएर घर फर्किसकेका छन् । कोरोना भाइरसको संक्रमणको कारण नयाँ आँकडा अनुसार अमेरिकामा चार साताको अवधिमा २ करोड १० लाख जना बेरोजगार भई सकेका छन् ।

कोरोना भाइरसको तथ्यांक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !