२० बैशाख २०८१, बिहिबार

अव अनलाइनबाटै ई-पास लिन सकिने, जानुपर्दैन जिल्ला प्रशासन कार्यालय


जिल्ला प्रशासन कार्यालय, काठमाडौंको कार्यालय

२ वैशाख, काठमाडौं । काठमाडौँमा लकडाउन (बन्दाबन्दी) को अवस्थामा आवतजावत गर्ने सवारी साधनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अब अनलाइनबाटै अनुमति (ई-पास) प्रदान गर्ने भएको छ । यो भन्दा पहिलो पास लिन जिल्ला प्रशासन कार्यालयमै जानुपर्दथ्यो ।

अत्यावश्यक रूपमा कसैलाई सवारी पास चाहिएमा अब उप्रान्त ई-पासको व्यवस्था मिलाइएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिएका छन् । अव यस्तो पास लिन आवेद्कले मोबाइलको म्यासेजबक्समा गएर १११२ मा एसएमएस गर्नुपर्नेछ । एसएमएस गर्दा आवेदकले जुनसुकै कोड राख्न सक्नेछन् ।

एसएमएसपछि https://epass.moha.gov.np लिंक उपलब्ध हुने र इच्छुकले उक्त लिंक खोली त्यहाँ उल्लेखित विवरण भर्नुपर्ने प्रशासनले जनाएको छ । पासका लागि प्राप्त अनलाइन दरखास्त अध्ययनपछि यसबारे निर्णय गर्नेछ । प्रशासनले उचित लागेमा आवेदकको मोबाइलमा कोड नम्बर (पास) उपलब्ध गराउनेछ ।

पास वितरणलाई प्रभावकारी र चुस्त बनाइएको उल्लेख गर्दै प्रशासनले अनावश्यक रूपमा आवेदन नदिन सबैमा आग्रह गरेको छ । त्यस्तै, यसअघि पहेँलो रंगको पास लिएकाले अर्को पास लिन नपर्ने व्यवस्था पनि प्रशासनले मिलाएको छ ।

जिल्ला प्रशासन अनलाइनबाटै ई-पास


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !