२१ बैशाख २०८१, शुक्रबार

सप्तरीमा २ जनामा कोरोना र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ


कोरोना र्‍यापिड टेस्ट पोजेटिभ

राजविराज, वैशाख २ । सप्तरी जिल्लामा दिल्लीबाट आएका २ जनाको र्‍यापिड टेस्ट रिपोर्ट पोजिटिभ देखिएको छ । र्‍यापिड टेस्ट गर्दा गत मार्च ८ र ९ तारिखमा दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका ८ जनामध्ये २ जनामा रिपोर्ट पोजेटिभ आएको हो ।

पोजेटिभ पाइएकामा तिलाठी कोइलाडी गाउँपालिकाका १ जना र खडक नगरपालिकाका १ जना रहेका छन् । ८ जनाको समूहमा जमातमा सहभागी उनीहरुको राजविराज स्थित गजेन्द्रनारायण अस्पतालमा स्वाब परीक्षण गर्दा २ जनामा पोजेटिभ पाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।

पोजिटिभ देखिएकाहरुलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आईसोलेसनमा राखिएको छ । पोजिटिभ र नेगेटिभ रिपोर्ट आएकाहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।आजै मात्र काभ्रेमा २ र धादिङमा १ जनामा कोरोना र्‍यापिड टेस्ट पोजेटिभ पाईएको छ ।

यो पनि पढ्नुहोस्

काभ्रेमा २ र धादिङमा १ जनामा कोरोना र्‍यापिड टेस्ट पोजेटिभ

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १६, आज पुष्टि भयो २ जनामा संक्रमण

लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषद्को निर्णय, १२ दिन थपियो

सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंको पेप्सीकोलामा एकै परिवारका ३ जनालाई कोरोनाको आशंका, पाटन अस्पताल भर्ना

आज देखियो २ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १४


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !