१९ बैशाख २०८१, बुधबार

सरकारको निर्णय : लकडाउनमा थप कडाइ, एक स्थानीय तहबाट अर्कोमा जान नपाइने


लकडाउन

२२ चैत, काठमाडौं । नेपाल सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । हिजो शनिबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

चैत ११ गतेदेखि लकडाउन सुरु गरेको सरकारले पहिलो चरण अन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय नगरेको र यसबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी पनि सरकारका प्रवक्ता डा. खतिवडाले दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !