२३ बैशाख २०८१, आइतबार

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने ६१ हजार नाघ्यो, ११ लाख भन्दा बढी संक्रमित


कोरोना भाइरस

चैत २२, काठमाडौँ । विश्व अहिले कोरोना भाइरस महामारीको सन्त्रासमा छ । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ । शनिबार साँझ (७ बजे)  सम्म वल्डोमिटर्स डट इन्फोका अनसार ६११४१ जनाको मृत्यु भएको छ । इटालीमा १४६८१, स्पेनमा ११७४४ र अमेरिकामा ७४०६ जनाको मृत्यु भएको छ ।

फ्रान्समा ६५०७, बेलायतमा ४३१३, इरानमा ३४५२ र चीनमा ३३२६ जनाको मृत्यु भएको छ । जर्मनीमा १२९३ र बेल्जियममा १२८३ जनाको मृत्यु भएको छ । विश्वभर हालसम्म ११,३८,३५७ संक्रमित भएका छन् भने २३६१५७ जना निको भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !