१५ बैशाख २०८१, शनिबार

कोरोना महामारी : एकैदिन स्पेनमा ९१३, इटालीमा ८१२ को मृत्यु


स्पेन कोरोना मृत्यु

एजेन्सी, चैत १८ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट स्पेनमा सोमबार मात्रै ९१३ जनाको मृत्यु भएको छ । जनवरी ३० मा पहिलो संक्रमण पुष्टि भएयता स्पेनमा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो । यसअघि हिजो स्पेनमा ८३८ जनाको मृत्यु भएको थियो ।

मंगलबार बिहानसम्म स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ ७१६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा स्पेनमा थप ७७४६ जनामा कोरोना संक्रमण देखिएको छ । स्पेनमा अहिलेसम्म ८७ हजार ९ सय ५६ जनामा संक्रमण देखिएको छ भने करिब १४ हजार संक्रमित निको भएका छन् ।

त्यस्तै इटालीमा पनि पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ । सोमबार इटालीमा ८१२ जनाको मृत्यु भएको छ । इटालीमा आइतबार भने ७५६ जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा इटालीमा थप ४ हजार ५० जनामा संक्रमण देखिएको छ । अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या भने करिब एक हजारले घटेको छ । मंगलबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ । त्यस्तै इटालीमा संक्रमितको संख्या १ लाख एक हजार ७ सय ३९ पुग्दा निको हुनेको संख्या करिब १४ हजार रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !