भरतपुरको कोरोना विशेष अस्पतालमा उपचाररत युवकको मृत्यु Nepalpatra भरतपुरको कोरोना विशेष अस्पतालमा उपचाररत युवकको मृत्यु
२१ फाल्गुन २०७७, शुक्रबार

भरतपुरको कोरोना विशेष अस्पतालमा उपचाररत युवकको मृत्यु


कोरोना विशेष अस्पताल

११ चैत, चितवन । भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचार गरिरहेका १ जना युवकको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका अधिकारीले बताएका छन् ।

उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका सन्तोष यादवको मृत्यु भएका उनको शव भने अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना विशेष अस्पतालमा पठाइएको थियो । उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो।

उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको थियो । परीक्षणका लागि मंगलबार बिहान विमानबाट काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको अस्पताल स्रोतले जनाएको छ। तर कोरोना संक्रमण भए नभएको रिपोर्ट आउन भने बाँकी नै रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु