१५ बैशाख २०८१, शनिबार

भरतपुरको कोरोना विशेष अस्पतालमा उपचाररत युवकको मृत्यु


कोरोना विशेष अस्पताल

११ चैत, चितवन । भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचार गरिरहेका १ जना युवकको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका अधिकारीले बताएका छन् ।

उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका सन्तोष यादवको मृत्यु भएका उनको शव भने अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना विशेष अस्पतालमा पठाइएको थियो । उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो।

उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको थियो । परीक्षणका लागि मंगलबार बिहान विमानबाट काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको अस्पताल स्रोतले जनाएको छ। तर कोरोना संक्रमण भए नभएको रिपोर्ट आउन भने बाँकी नै रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !