२६ बैशाख २०८१, बुधबार

स्वास्थ्यमन्त्री ढकालको आकस्मिक पत्रकार सम्मेलन


भानुभक्त ढकाल

१० चैत, काठमाडौं । कोरोना संक्रमणबारे स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्ने भएका छन् । कोरोना भाइरस संक्रमण र नेपालको अवस्थाबारे जानकारी गराउन मध्याह्न १२ बजे पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

युरोपबाट फर्किएका व्यक्तिका सन्दर्भमा यथार्थ जानकारी गराउन मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन डाकेका हुन् । मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था र आशंकित व्यक्तिका बारेमा जानकारी गराउन लागेका हुन् ।

सरकारले आजैदेखि अत्यावश्यक सेवा बाहेकका सबै कामहरु बन्द गरेर जनतालाई आ-आफ्ना घरभित्र बस्न र बाहिर अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ । स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमणको पछिल्लो अवस्था र नेपालले चालेका कदमबारे जानकारी गराउन पत्रकार सम्मेलन गरेका हुन् ।

सरकारले कोरोना संक्रमणलाई रोक्न उच्च सतर्कता अपनाएको छ । उत्तर र दक्षिणतर्फका सबै सीमानाका बन्द गरिएको छ भने लामो दूरीका सवारीसाधन चल्न रोक लगाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !