२६ बैशाख २०८१, बुधबार

वीरगन्जका उद्योगी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि (रिपोर्टसहित)


नमूना परीक्षण

चैत ९, वीरगन्ज । भारत, बिहारको पटनास्थित ‘पटना मेडिकल कलेज अस्पताल’ (पीएमसीएच) मा उपचाररत वीरगन्जका उद्योगी शिवकुमार रुंगटाको थप कोरोना परीक्षणमा नतिजा ‘नेगेटिभ’आएको छ । यसअघि अस्पतालका चिकित्सकले उनमा कोरोनाको संक्रमण रहेको बताएका थिए । शिवकुमारका दाजु सुरेश रुगंटाले पनि वीरगन्जमा रहेका उद्योगी ब्यवसायीलाई यस्तो बताएका थिए।

कोरोनाको आशंकामा पटना मेडिकल कलेजमा भर्ना भएको रुगंटाको स्वाब परीक्षणका लागि पटनास्थित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च अन्तर्गत रहेको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा पठाइएको थियो । इन्स्टिच्युटको भाइरोलोजी ल्याबका अनुसन्धान वैज्ञानिक डाक्टर सुशील कुमारले तयार पारेको रिपोर्टमा स्पष्टसँग रुंगटाको नमुना परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको लेखिएको छ।

अहिले उहाँको स्वास्थ्यमा क्रमिक सुधार भई रहेको छ । रुंगटा सिकिस्त भएपछि ४ दिन अगाडि भारतको पटनामा उपचारको लागि लगिएको थियो। यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताएपनि ल्याबको नतिजामा नेगेटिभ आएको रुंगटासँगै पटना अस्पतालमा रहेका भतिजा आकाश रुगंटाले बताएका छन् ।

पटनामा गरिएको परीक्षणमा रुगंटालाई कोरोना भाइरसको संक्रमण भएको नदेखिएपनि पटना मेडिकल कलेजले दोस्रो पटक परीक्षणका लागि पुणेस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीमा नमुना पठाएकोमा रिपोर्ट भने आउँ बाँकी छ ।

यो यस्तो छ रिपोर्ट

यो यस्तो छ रिपोर्ट

यो पनि पढ्नुहोस्

वीरगञ्जका १ व्यापारीलाई कोरोना भएको आशंका : वीरगञ्ज महानगरले बोलायो आकस्मिक बैठक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !