९ जेष्ठ २०८१, बुधबार

कोभिड-१९ : मणिपालमा क्वारेन्टाइन स्थापना गरिदैँ


मणिपाल शिक्षण क्याम्पस

जनकपुरधाम, ९ चैत । कोभिड-१९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्यूनीकरणका लागि यहाँस्थित मणिपाल शिक्षण क्याम्पस भवनमा ‘क्वारेन्टाइन’ सञ्चालनमा ल्याइने भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित उक्त भवनको शनिबार जनकपुरधाम उपहानगरपालिकाका प्रमुख लालकिशोर साहसहितका सुरक्षा निकायका प्रमुख र विज्ञको टोलीले अनुगमन गरेको थियो । यसपछि सो स्थानलाई सो प्रयोजनका लागि टोलीले उपयुक्त ठहर गरेको जनाइएको छ ।

नगरपालिकाले सो स्थानमा १५० जनासम्म राख्न सकिने गरी क्वारेन्टाइनको व्यवस्थापन गर्ने जनाइएको छ । प्रदेश नं २ स्वास्थ्य निर्देशनालयका उपनिर्देशक डा विजयकुमार झाका अनुसार बस्तीभन्दा टाढा भएकाले सो स्थान उपयुक्त ठहर गरिएको जानकारी दिनुभयो ।उहाँले जाँचका क्रममा शङ्कास्पद बिरामी फेला परेमा क्वारेन्टाइनमा राखी आइसोलेसनमा पठाउने तयारी गरिएको जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !