२४ बैशाख २०८१, सोमबार

दुई जनामा देखियो ओमिक्रोनको नयाँ भेरियन्ट ‘बीए.५’


ओमिक्रोनको सब भेरियन्ट बीए ५

काठमाडौँ । नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा कोरोना बीए.५ भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालय विशेष स्रोतले जानकारी दिएको छ ।

कोरोना संक्रमितको नमुना केन्द्रिय डाइनोस्टिक प्रयोगशाला र बेलिहिया नाकाबाट प्राप्त भएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भारत र नेपालको विभिन्न सिमा नाका तथा प्रयोगशालाबाट आएका ३२ वटा नमुनालाई जिन सिक्वेन्सिङ गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !