१५ बैशाख २०८१, शनिबार

फेरि आउदै छ कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बिए २’


कोरोनाको नयाँ भेरियन्ट बिए २

नवलपुर । बिश्वका अधिकांश देशमा विस्तारै-विस्तारै कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बिए २’ (BA.2) फैलिदैछ । यो भाइरस कोभिड बिए २ भेरियन्ट (Covid BA.2 Variant) अन्तर्गत पर्ने रहेछ । यो भाइरसको लक्षण पनि टाउको दुख्ने, नाकबाट पानी बग्ने, ज्वरो र खोकी, सास लिनमा कठिन, शरीरमा दुखाई, गलामा खरास, नाकमा कुनै प्रकारको गन्ध महसुस नहुने जस्ता लक्षणहरू देखा पर्छन् भनेको छ ।

चीन लगायत युरोपका अधिकांश देशमा फैलिसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले बताएका छन्। स्वस्थ रहन हामीले सतर्कता अपनाउनु आवश्यक छ । रोग जस्तोसुकै किन नहोस् यसबाट बच्नु नै सबैभन्दा ठूलो बुद्धिमानी ठहर्छ । कोरोना भाइरसबाट मर्नेको संख्या नेपालका लागि त्यति बढि थिएन । यसको खास कारण थियो समयमा भ्याक्सिन लगाउन सरकारले पहल गर्नु र नेपाली जडिबुटी समयमै सवैले सेवन गर्नु ।

ब्रिटेनको स्वास्थ्य विभागका अनुसार त्यहाँ फेरि यो भाइरस बढ्न थालेको छ । त्यहाँको स्वास्थ्य विभागका अनुसार ओमिक्रोम फैलिएको पुष्टि गरेको छ । भेरियन्टका तीन सव भेरियन्ट BA.1, BA.2 र BA.3 अहिलेसम्म फेला परेका भाइरस समुह हुन । तर अहिलेसम्म यो भाइरस समुहले आफ्नो लक्षण भने यहाँ देखाइ सकेको छैन । यस्ता भाइरस नआओस् भन्नाका लागि हामीले स्वास्थ्यमा निगरानी बढाउन सक्नु पर्छ ।

अब समय परिवर्तन भइसकेको छ । यस्ता भाइरस नेपालीले पचाइसकेपनि समयलाई बुझेर मात्र अघि बढ्न सके यसलाई फैलिनबाट रोक्न सकिनेछ । स्वस्थ रहन हामीले पौष्टिक तत्वको कमिलाई ध्यानमा राखेर अघि बढ्न सके १०० मा ९०% सफलता हामीलाई मिल्न सक्ने छ । रोगको प्रमुख कारण भनेको खानपान सहि नहुनु पनि एक हो । यदि हामीलाई चाहिने आवश्यक क्यालोरी पुग्छ भने कुनै पनि भाइरसले हामीलाई छुन सक्दैन ।

अब हामीले यस्ता भाइरसबाट लड्न आफै भिड्नु पर्छ यसो भनिरहँदा कसरी भिड्ने भन्ने जिज्ञासा हरेकको मनमा हुन सक्छ । यो सवै सरूवा रोग भाइरसका कारणले हुने गरेको हुनाले औषधिको रूपमा हामीले जडिबुटीको सेवन गर्न सक्छौं । उदाहरणको लागि असुरोलाई लिन सक्छौं । यदि असुरोको काढा पकाएर खान्छौं भनेपनि हामीलाई यो जस्ता सरूवा रोग लाग्ने खतराबाट सबैलाई बचाउन सक्नेछौं ।

हामीले महलाई पनि कोरोनाको रोक्थाममा प्रयोग गर्न सक्छौं । हल्का मनतातो पानीसँग मह राखेर सेवन गर्दा यसले पनि इम्युनिटि पावर दिन सक्छ । मह प्राकृतिक औषधीको रूपमा हामीले प्रयोग गर्न सक्छौं ।

यसले पनि कफ पगाल्ने रूघा चाँडो पकाउने स्वास प्रस्वासमा महत्वपूर्ण औषधिको रूपमा प्रयोग गर्न सकिन्छ । हामीले यस्ता प्राकृतिक औषधीको साहेताबाट आफुलाई बचाउन सक्ने छौं । नेपालको जडिबुटी प्रयोग गरेर हरेक नेपाली सुरक्षित तरिकाबाट यो जस्ता अति खतरनाक भाइरसबाट जोगिन सकिने छ ।

विगतलामो समयदेखि मैले यो जस्ता अति खतरनाक भाइरसबाट असुरोले बचाउने कुरा भन्दै आएको छु । असुरो औषधीय गुण भएको बहुउपयोगी जडिबुटी अन्तर्गत पर्दोरहेछ । यदि यसमा अदुवा र मह मिलाएर औषधि बनाउछौँ भने यसले मानव स्वास्थ्यमा राम्रो भूमिका खेल्न सक्छ ।

यस्ता औषधि हाम्रो बारमा त्यसै खेर गएको छ । परम्परालाई यदि हामीले प्रयोगमा ल्याउन सक्छौं भने यस्ले हामीलाई ठूलो मद्दत गर्ने र आर्थिक बाहिर जानबाट समेत रोक्ने छ । यस्ता विषयमा हामी अब लाग्नुपर्छ भन्ने हाम्रो परामर्श हरेक नेपालीलाई छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !