२४ बैशाख २०८१, सोमबार

काठमाडौं उपत्यकामा थप १७२२ जनामा कोरोना पुष्टि


काठमाडौं उपत्यका

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १७२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १३६१ जना, ललितपुर जिल्लामा २७१ जना र भक्तपुर जिल्लामा ९० जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ५२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८१९१ जनाले कोरोना जितेका छन् ।

यो पनि पढ्नुहोस्

देशभर ५२९२ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !