२४ बैशाख २०८१, सोमबार

देशभर ५२९२ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०३६८ जनामा पिसिआर परिक्षण गर्दा ३४७२ जना र ५७२० जनामा एन्टीजेन परिक्षण गर्दा १८२० जना गरी *५२९२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८१९१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ६२ हजार ८९८ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९०.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११७४३ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १३६१ जना, ललितपुर जिल्लामा २७१ जना र भक्तपुर जिल्लामा ९० जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५२ लाख २९ हजार ८७४ पिसिआर परीक्षण भएको छ भने ९ लाख ६६ हजार ८११ एन्टीजेन परीक्षण गरिएको छ भने १४१ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ७९ हजार २७२ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ६६ लाख ७० हजार ७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ४२ लाख ४ हजार २७० जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ३ लाख ६९ हजार २२६ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड १२ लाख ४३ हजार ५०३ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !