१५ बैशाख २०८१, शनिबार

भेरोसेल खोप लगाएकालाई कोभिसिल्डको ‘बुस्टर डोज’ दिइने


भेरोसेल र कोभिसिल्ड खोप

काठमाडौँ । कोभिड-१९ विरुद्ध दोस्रो वा बुस्टर डोज लगाउँदा पहिले लगाएकै खोप लगाउन नपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुस्टर मात्रा लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने निर्णय गरेको हो ।

सरकारले भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको हो । भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो ।

डब्ल्युएचओ एसएजीई (स्टार्टेजिक एड्भाइजरी ग्रुप अफ एक्सपर्ट अन इम्युनिजेसन) को माघ ७ गते र राष्ट्रिय खोप सल्लाहकार समितिको माघ १२ गतेको सिफारिसका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माघ १४ गते शुक्रबारको मन्त्री स्तरीय निर्णय अनुसार ६० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्र कोभिसिल्ड/एस्ट्राजेनेका/मोर्डना/फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका नर्सिङ्ग अधिकृत लक्ष्मी मरासैनी आचार्यले आज एक सूचना सार्वजनिक गर्दै विदेशमा पहिलो मात्रा कोभिसिल्ड/एस्ट्राजेनेका/भेरोसेल/मोर्डना/फाइजर खोप लगाएकाहरुको हकमा दोश्रो मात्राको रूपमा कोभिसिल्ड/एस्ट्राजेनेका खोप प्रदान गर्ने निर्णय भएको बताएका छन् ।

डब्ल्युएचओको (स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्टस् अन इम्युनाइजेसन) ले १ महिना अघि एकथरी खोप लगाएकोले अर्को थरी खोप लगाउँदा रोगप्रतिरोधी क्षमताले राम्रो प्रतिक्रिया दिने बताएको थियो ।

खोप नभएपछि पहिले भेरोसेल लगाएकाले बुस्टर डोज पाएका थिएनन् । सरकारले माघ २ देखि अग्रपंक्तिमा खटिने, माघ १४ देखि ६० वर्षमाथि र पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएकालाई बुस्टर डोज दिने भनी २०७८ पुस ९ गते निर्णय गरेको थियो ।

भेरोसेल खोप लगाएकालाई कोभिसिल्डको 'बुस्टर डोज' दिइने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !