२४ बैशाख २०८१, सोमबार

देशभर ४९०४ जनामा कोरोना संक्रमण, थप ६ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०१०१ जनामा पिसिआर परिक्षण गर्दा ३३१८ जना र ४४६१ जनामा एन्टीजेन परिक्षण गर्दा १५८६ जना गरी ४९०४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९२४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ४८ हजार ३६० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ८९.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११७०३ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १८२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १४०४ जना, ललितपुर जिल्लामा ३०५ जना र भक्तपुर जिल्लामा १११ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५२ लाख ९ हजार ५९६ पिसिआर परीक्षण भएको छ भने ९ लाख ५७ हजार ८५६ एन्टीजेन परीक्षण गरिएको छ भने १३९ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ८७ हजार ३२९ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ६५ लाख २७ हजार ७४१ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ४० लाख १५ हजार ३२४ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ३ लाख ३३ हजार ८३५ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ८ लाख ७६ हजार ९०० मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !