२५ बैशाख २०८१, मंगलबार

देशभर कोरोना संक्रमण हवात्तै बढ्यो, आज ९६८ जनामा पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८२७२ जनामा पिसिआर परिक्षण गर्दा ५७२ जना र ६६९९* जनामा एन्टीजेन परिक्षण गर्दा ३९६* जना गरी ९६८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १३ हजार ७०९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११६०२ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा २८४ जना, ललितपुर जिल्लामा ६२ जना र भक्तपुर जिल्लामा २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४९ लाख १० हजार १४ पिसिआर परीक्षण भएको छ भने ८ लाख ५१ हजार ९३ एन्टीजेन परीक्षण गरिएको छ भने ११३ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ५ हजार ७४१ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ४९ लाख २ हजार ६८७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड १० लाख २ हजार ९७६ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड ५९ लाख ५ हजार ६६३ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

२२ र २३ गते पौष २०७८ प्रवेश नाकाहरूको तथ्यांक विवरण*


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !