२२ बैशाख २०८१, शनिबार

देशभर थप १८१ जनामा कोरोना पुष्टि, २८९ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४८३१ जनामा पिसिआर परिक्षण गर्दा १३३ जना र ५०४१ जनामा एन्टीजेन परिक्षण गर्दा ४८ जना गरी १८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ८ हजार ८९२ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५७३ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ६४ जना, ललितपुर जिल्लामा १३ जना र भक्तपुर जिल्लामा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४७ लाख ६९ हजार ३३ पिसिआर परीक्षण भएको छ भने ७ लाख ८३ हजार ९२ एन्टीजेन परीक्षण गरिएको छ भने ९५ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ५ हजार २७१ जना सक्रिय संक्रमित रहेका छन् ।

आज देशभर ९७ हजार २६ जनाले कोरोना खोप लगाएका छन् । आजसम्म १ करोड २० लाख ३१ हजार १०८ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ९६ लाख २३ हजार १ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड १६ लाख ५४ हजार १०९ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !