२३ बैशाख २०८१, आइतबार

देशभर थप ३०६ जनामा कोरोना पुष्टि, ३४८ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८८०८ जनामा पिसिआर परिक्षण गर्दा २९१ जना र १५९८ जनामा एन्टीजेन परिक्षण गर्दा १५ जना गरी ३०६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९८ हजार २७४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११४७७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ७६ जना, ललितपुर जिल्लामा २९ जना र भक्तपुर जिल्लामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४५ लाख ६ हजार ५२१ पिसिआर परीक्षण भएको छ भने ६ लाख ९४ हजार ८७४ एन्टीजेन परीक्षण गरिएको छ भने ९८ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ७ हजार २१५ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८८ लाख २८ हजार ४२८ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ७५ लाख ५३ हजार ५६० जनाले पूर्ण मात्रा खोप जम्मा १ करोड ६३ लाख ८१ हजार ९८८ मात्र कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !