२६ बैशाख २०८१, बुधबार

देशभर थप १०४३ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ६० हजार ७६६ जना पुगेको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११०९९ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ३४४ जना, ललितपुर जिल्लामा ६१ जना र भक्तपुर जिल्लामा ३५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हाल देशभर १६ हजार १९४ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितजसमध्ये १४ हजार ९७५ जना होम आइसोलेसनमा र १२१९ जना संस्थागत आइसोलेसनमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !