१४ बैशाख २०८१, शुक्रबार

देशभर थप १४७६ जनामा कोरोना पुष्टि, १५५० जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०५७५ जनामा पिसिआर परिक्षण गर्दा ११०३ जना र ५११५ जनामा एन्टीजेन परिक्षण गर्दा ३७३ जना गरी १४७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५५० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ५८ हजार ५०४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.०३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११०८१ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा २५६ जना, ललितपुर जिल्लामा ७३ जना र भक्तपुर जिल्लामा ३५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४१ लाख ४६ हजार ७८३ पिसिआर परीक्षण भएको छ भने ५ लाख ५८ हजार ५०४ एन्टीजेन परीक्षण गरिएको छ भने २४४ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर २० हजार २८७ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये १८ हजार ९६९ जना होम आइसोलेसनमा र १३१८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३४७ जना आईसीयूमा र १०५ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ६३ लाख ८० हजार ५८६ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ५९ लाख ४६ हजार २२ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु