२५ बैशाख २०८१, मंगलबार

देशभर थप ९११ जनामा कोरोना पुष्टि, १४२३ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७८७८ जनामा पिसिआर परिक्षण गर्दा ८३८ जना र ३१४० जनामा एन्टीजेन परिक्षण गर्दा ७३ जना गरी ९११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४२३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ३९ हजार ४५७ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९५.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०९४९ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १८७ जना, ललितपुर जिल्लामा ५६ जना र भक्तपुर जिल्लामा ६६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४० लाख २२ हजार ६१ पिसिआर परीक्षण भएको छ भने ५ लाख ११ हजार ९८१ एन्टीजेन परीक्षण गरिएको छ भने ३२१ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये २५ हजार १७१ जना होम आइसोलेसनमा र १५८६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४५४ जना आईसीयूमा र १४० जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ५७ लाख ७३ हजार ६१२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ५१ लाख ६६ हजार ६८९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !