२५ पुस २०८१, बिहीबार

कोभिशिल्ड खोपको दोस्रो मात्राबारे धेरैले सोधेको प्रश्न र उत्तर


कोभिशिल्ड

१. फाल्गुण/चैत्रमा भारतबाट आएको कोभिशिल्ड लगाएका थियौं । त्यसको दोस्रो डोज जापानबाट आएको लगाउन हुन्छ कि हुँदैन ?

भारतबाट आएको कोभिशिल्ड खोप एस्ट्राजेनेका खोप हो । अहिले जापान र भुटानले पठाएको पनि त्यहि एस्ट्राजेनेकाको खोप हो | दोस्रो मात्रा अहिले लगाउनुहोला ।

२. भारतको खोप पहिलो मात्रा लगायौं । बीचमा कोरोना संक्रमण भयो । अहिले जापान र भुटानबाट आएको खोपको दोस्रो मात्रा लगाउन हुन्छ कि हुँदैन ?

हुन्छ

३. हामीले खोप लगाएका छैनौं । जापान र भुटानबाट आएको खोप लगाउन हुन्छ कि हुँदैन ?

यो पहिले भारतबाट आएको कोभिशिल्ड खोपको दोस्रो मात्राको लागि सरकारले सेडुल गरेको छ । यसको पहिलो मात्रा लगाउनु हुँदैन अहिले । अहिले पहिलो मात्रा लगाएमा दोस्रो मात्रा आउन/नआउन सक्छ । तसर्थ उपलब्ध भेरोसिल वा जान्सेन लगाउनु बुद्धिमानी हुन्छ ।

४. यसको दोस्रो मात्रा कसले लगाउनु हुँदैन ?

पहिलो मात्राले जसलाई गम्भीर असर गरेको छ, त्यसले लगाउनु हुँदैन । पहिलो मात्राले ठूलो असर नगरेका व्यक्तिले दोस्रो मात्रा लगाउनु हुन्छ ।

५. अहिलेको घातक डेल्टा प्रजातिलाई यो खोपले काम गर्छ कि गर्दैन ?

बिभिन्न अनुसन्धानले देखाएका छन् कि यसको दुवै मात्रा लगाउने व्यक्तिलाई कोरोना संक्रमण भएमा गम्भीर हुने वा मृत्यु हुने हुँदैन ।

६. पहिलो डोज भेरोसिल लगाएका व्यक्तिले दोस्रो डोज जापान/भुटानबाट आएको खोप लगाउनु हुन्छ कि हुँदैन ?

हुँदैन । भेरोसिल नै लगाउनुपर्छ ।

७ कोभिशिल्ड खोप ८ देखि१२ हप्तामा लगाउनु पर्छ भन्ने सुनेको थिएँ । मेरो ४ महिना पुरा भयो । काम गर्छ कि गर्दैन ?

गर्छ । हामीसंग अर्को बिकल्प छैन । केहि अध्ययनले दोस्रो मात्र ४५ हप्ता तथा १० महिनासम्म लगाएपनि काम गर्छ भनेर भनेका छन् ।

८. पहिलो मात्रा खोप लगाउँदा गर्भवती भएको थिइन । अहिले गर्भवती भएकी छु । दोस्रो मात्रा लगाउन हुन्छ कि हुँदैन ?

एकपटक आफ्नो स्त्री तथा प्रसुती रोग बिशेषज्ञसंग छलफल गरेर मात्र लगाउनुहोला ।

९. जापान, चीन र अमेरिकाको खोपमध्ये कुन लगाउने होला ?

सरकारले निकालेको तालिका र क्राइटेरिया अनुसार लगाउनुहोला । सबै खोप ५० देखि ८० % प्रभावकारी छन् ।

१०. पहिलो मात्रा फेरी आउँछ कि आउदैन ?

आइरहेको छ । स्टकमा पनि छ । सरकारले निकाल्ने तालिका हेर्नुहोला ।
.
११. महिनाबारी भएको समयमा खोप लगाउन हुन्छ कि हुँदैन ? सुगर, प्रेसर भएकोले ?

हुन्छ ।

*डा. रवीन्द्र पाण्डे साहित्यकार, जनस्वास्थ्य बिज्ञ तथा शोधकर्ता हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !