२५ बैशाख २०८१, मंगलबार

देशभर थप ३११४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०६२५ जनामा पिसिआर परिक्षण गर्दा २३०९ जना र ४२८५ जनामा एन्टीजेन परिक्षण गर्दा ८०५ जना गरी ३११४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख ७९ हजार १७ जना पुगेको छ भने एन्टीजेन परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ५४ हजार २४३ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१९७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ४१ हजार ५६५ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९६९५ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ४२१ जना, ललितपुर जिल्लामा १०८ जना र भक्तपुर जिल्लामा ८६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३५ लाख २८ हजार ५१४ पिसिआर परीक्षण भएको छ भने २ लाख ८६ हजार ४६४ एन्टीजेन परीक्षण गरिएको छ भने ३४४ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २५ हजार ८६ जना होम आइसोलेसनमा र २६७१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६५० जना आईसीयूमा र १६५ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !