२५ बैशाख २०८१, मंगलबार

पूर्वसांसद बस्नेतको कोरोना संक्रमणका कारण निधन


मृत्यु

भोजपुर । भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण निधन भएको छ । चोरहत्तर वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान ३ः३० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित बनेका थिए । उनी भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत थिए ।

पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आउनुभएका बस्नेत विभिन्न सामाजिक सङ्घसंस्थामा सक्रिय रहेका थिए । बस्नेतका श्रीमती र दुई छोरा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !