१९ बैशाख २०८१, बुधबार

कोरोनावाट संसदमा कार्यरत उपसचिवको निधन, १५ कर्मचारीमा संक्रमण पुष्टि


सङ्घीय संसद फाइल फोटो

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट संघीय संसद सचिवालयमा कार्यरत उपसचिव निधन भएको छ । यस्तै संघीय संसद सचिवालयमा कार्यरत १५ कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।

मृत्यु हुनेमा कानुन मन्त्रालयबाट संसद सचिवालयमा सरुवा भएर आएका उपसचिव कृष्ण खनाल रहेका छन् । उनले वैशाख २२ गते कोरोना परीक्षणका लागि स्वाव दिएका थिए ।

खनालको पत्थरीको उपचारका लागि हालै शल्यक्रिया गरिएको, मुटु सम्बन्धी स्वास्थ्य समस्या रहेको संसद सचिवालयले जनाएको छ । सोही समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए ।

संघीय संसद सचिवालयका अनुसार बुधबार गरिएको पीसिआर परीक्षण गरिएका १५ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !