२३ बैशाख २०८१, आइतबार

प्रधानमन्त्री ओलीसहित बालुवाटारका १०० जना भन्दा कोरोना परीक्षणको लागि स्वाब संकलन


प्रधानमन्त्री ओलीसहित बालुवाटारका १०० जना भन्दा कोरोना परीक्षणको लागि स्वाब संकलन

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष समेत प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस (कोभिड-१९) पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीकाे पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको जानकारी सामाजिक संजाल फेसबुक मार्फत दिएका छन् ।

उनले आज बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीकाे स्वाव संकलन गरिएकाे बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !