२० बैशाख २०८१, बिहिबार

विश्वचर्चित भारतीय क्रिकेटर सचिन तेण्डुलकरलाई कोरोना संक्रमण पुष्टि


सचिन तेण्डुलकरलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । विश्वचर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेण्डुलकरलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ । उनले सामाजिक संजाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि जानकारी दिएका हुन् ।

तेण्डुलकरले लेखेका छन्, ‘सामान्य लक्षणपछि ममा कोरोना पोजिटिभ देखिएको छ । मैले आफूलाई घरैमा कैद गरेको छु । यो महामारीसँग सम्बन्धित आवश्यक प्रोटोकल फलो गरिरहेको छु । म सबै हेल्थकेयर प्रोफेशनल्सलाई धन्यवाद दिन्छु ।”

सचिनलाई कोरोना संक्रमण देखिए पनि परिवारका अन्य सदस्यहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । भारतमा पुन: कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !