१० जेष्ठ २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु


मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७११७ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख ४३ हजार ५८१ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ९८८१ जना आइसोलेसनमा रहेकामध्ये ३७७८ संस्थागत आइसोलेसनमा र ६१०३ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४५७ जना रहेका छन् ।

९३६ जना कोरोना संक्रमितमध्ये ५८५ जना पुरुषहरु र ३५१ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २६४ जना पुरुषहरु र १७४ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा ३१० जना, ललितपुर जिल्लामा ८६ जना र भक्तपुर जिल्लामा ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ । पछिल्लो २४ घण्टामा १९९६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ३८ हजार ५६९ जना पुगेको छ ।

यो पनि पढ्नुहोस्

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या १७ सय नाघ्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु