११ जेष्ठ २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा ९३६ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७११७ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख ४३ हजार ५८१ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ९८८१ जना आइसोलेसनमा रहेकामध्ये ३७७८ संस्थागत आइसोलेसनमा र ६१०३ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४५७ जना रहेका छन् ।

९३६ जना कोरोना संक्रमितमध्ये ५८५ जना पुरुषहरु र ३५१ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २६४ जना पुरुषहरु र १७४ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा ३१० जना, ललितपुर जिल्लामा ८६ जना र भक्तपुर जिल्लामा ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १९९६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ३८ हजार ५६९ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७३० पुगेको पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !