१४ जेष्ठ २०८१, सोमबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १५०० जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५०० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ३५ हजार ७३१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१८१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख ३१ हजार ४१ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १०९९४ जना आइसोलेसनमा रहेकामध्ये ४७६२ संस्थागत आइसोलेसनमा र ६२३२ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५१६ जना रहेका छन् ।

८३० जना कोरोना संक्रमितमध्ये ५०० जना पुरुषहरु र ३३० जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १९८ जना पुरुषहरु र १५० जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा २५८ जना, ललितपुर जिल्लामा ६५ जना र भक्तपुर जिल्लामा २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ८३० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६९८ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !