१४ जेष्ठ २०८१, सोमबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३५९ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ३४ हजार २३१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२४२ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख २५ हजार ८६० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ११६७३ जना आइसोलेसनमा रहेकामध्ये ४७४१ संस्थागत आइसोलेसनमा र ६९३२ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५१९ जना रहेका छन् ।

८९९ जना कोरोना संक्रमितमध्ये ५४७ जना पुरुषहरु र ३५२ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २८६ जना पुरुषहरु र १९६ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ३८१ जना, ललितपुर जिल्लाका ६९ जना र भक्तपुर जिल्लाका ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६८९ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टामा थप १२७१ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !