१० जेष्ठ २०८१, बिहिबार

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४९६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ३९३ जना, ललितपुर जिल्लामा ७५ जना र भक्तपुर जिल्लामा ३९ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा हिजो ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२८६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख ५ हजार ९७२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १२२४५ जना आइसोलेसनमा रहेकामध्ये ४६३६ संस्थागत आइसोलेसनमा र ७६०९ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५२३ जना रहेका छन् ।

१०५६ जना कोरोना संक्रमितमध्ये ६७० जना पुरुषहरु र ३८६ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २८८ जना पुरुषहरु र २१४ जना महिलाहरु रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा १४८३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ३० हजार ५३७ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६५१ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५९४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु