६ जेष्ठ २०८१, आइतबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १४८३ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४८३ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ३० हजार ५३७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२८६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख ५ हजार ९७२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १२२४५ जना आइसोलेसनमा रहेकामध्ये ४६३६ संस्थागत आइसोलेसनमा र ७६०९ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५२३ जना रहेका छन् ।

१०५६ जना कोरोना संक्रमितमध्ये ६७० जना पुरुषहरु र ३८६ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २८८ जना पुरुषहरु र २१४ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ३९३ जना, ललितपुर जिल्लाका ७५ जना र भक्तपुर जिल्लाका ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६५१ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टामा थप १६२१ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !