१५ बैशाख २०८१, शनिबार

आज शुक्रबार कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०४६० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख १० हजार ४६० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १७२३७ जना आइसोलेसनमा रहेकामध्ये ६२९३ संस्थागत आइसोलेसनमा र १०९४४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६०१ जना रहेका छन् ।

१७०३ जना कोरोना संक्रमितमध्ये १००७ जना पुरुषहरु र ६९६ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८२२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ४४३ जना पुरुषहरु र ३७९ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ५९९ जना, ललितपुर जिल्लाका १६० जना र भक्तपुर जिल्लाका ६३ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १२३६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख १० हजार ६७१ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४३५ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ९६, ताप्लेजुङमा २, धनकुटामा १, पाँचथरमा २, भोजपुरमा २, मोरङमा १०९, संखुवासभामा १ र सुनसरीमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा २५९ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा ११, पर्सामा ९, बारामा ६, महोत्तरीमा ४, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा ६ र सिरहामा ९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ५६ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा मात्र ५९९, काभ्रेपलान्चोकमा २८, चितवनमा २५, दोलखामा १०, धादिङमा ७, नुवाकोटमा १६, भक्तपुरमा ६३, मकवानपुरमा २१, रसुवामा १, ललितपुरमा १६०, सिन्धुलीमा ४ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ९४० रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ५४, गोरखामा ८, तनहुँमा १५, नवलपरासी पूर्वमा ४, पर्वतमा १०, लमजुङमा ५ र स्याङजामा १० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा १०६ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ११, गुल्मीमा ११, दाङमा ४५, नलवपरासीमा १५, पाल्पामा १७, प्यूठानमा ३, बर्दियामा २३, बाँकेमा २६, रोल्पामा २ र रुपन्देहीमा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा २२४ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको जाजरकोटमा ४, जुम्लामा ९, दैलेखमा ८, मुगुमा २, रुकुम पश्चिममा १, सल्यानमा ६ र सुर्खेतमा ४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा ३४ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा ८, कञ्चनपुरमा १२, कैलालीमा ३७, डडेल्धरामा ६, डोटीमा १, दार्चुलामा १, बझाङमा ८ र बैतडीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ८४ रहेको छ ।

यो पनि पढ्नुहोस्

आज बिहिबार कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !